अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका सम्पुर्ण वार्डको सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट हुने भएको छ ।
बुधबार बिभिन्न बैंकहरूसँग सम्झाैता गर्दै मालारानी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बितरण गर्न लागेकाे हाे ।
जसमध्ये मालारानी १ र २ को ग्लोबल आइएमइ बैंक तम्घास शाखाको एक्स्टेनसन काउन्टर मालारानी २ बाट सामाजिक सुरक्षा भत्ता बितरण हुने भएकाे छ ।
त्यस्तै मालारानी ३ र ४ को सेन्चुरी कमर्सियल बैंक खनदह शाखा, मालारानी ५ को शाइन रेसुङा डेभलपमेन्ट बैंक चुत्राबेशी शाखा, मालारानी ६ को शाइन रेसुङा डेभलपमेन्ट बैंक खनदह शाखा र मालारानी ७,८ र ९ को मेगा बैंक नेपाल लिमिटेड खनदह शाखाबाट सामाजिक सुरक्षा भत्ता बितरण हुने भएकाे छ ।