अर्घाखाँचीमा कोरोनाका कारण मृत्‍यु हुनेको संख्या १२ जना पुग्यो, ६२२ जनाले कोरोना जिते (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं- ४ धारापानीका एक पुरुषको कोरोना संक्रमणबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले जारी गरेको जानकारी अनुसार धारापानीका ४० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार राती उपचारका क्रममा निधन भएको हो । जिल्लामा कोरोनाका कारण १२ जनाको निधन भएको छ । 
 जिल्लाबाट आजसम्म  ६२२ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २७४  जना, शितगंगा नगरपालिकामा १०१,    भूमिकास्थान नगरपालिकामा १२५, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
यस्तै जिल्लामा आजसम्म संक्रमितको संख्या ६८३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३२२ जना, शितगंगा नगरपालिकामा १०३,   भूमिकास्थान नगरपालिकामा १२९,   मालारानीमा ७८,   पाणिनी गाउँपालिकामा २१ र छत्रदेव गाउँपालिकामा ३० जना संक्रमित रहेका छन् ।   
जिल्लामा कोरोनाका कारण १२ जनाको निधन भएको छ । 
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ४९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।