खाँचीकोटको भुजुङ्गेका पहिरो पीडित र अर्घाका बिपन्न परिवारलाई ७० लाखका ९ वटा कार्यक्रम छनौट

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम  सिफारिस समितिको बैठक  बिषयगत शाखाहरु सहितको सहभागितामा सम्पन्न भएको छ । 
बैठकले कार्यक्रम छनौट गरि स्वीकृतको लागि जिल्ला समन्वय समितीमा रहेको  जिल्ला  व्यस्थापन तथा समन्वय  समितीमा पेश गरेको छ । 
आ.व २०७७/०७८ को लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेशबाट  नगरपालिकामा प्राप्त हुने विशेष अनुदान बापत रु ७० लाख अन्तर्गत ९ वटा कार्यक्रम छनौट गरि सिफारिस भएका छन । 
समितिको बैठकले स.न.पा.९ अर्घाका दलित तथा बिपन्न परिवार, स.न.पा. ७ खाँचीकोटको भुजुङ्गेका पहिरो प्रभावित दलित तथा बिपन्न परिवारलाई आर्यआर्जन  तथा रोजगारी (बाख्रा पालन सङै बोका बितरण), शिक्षा (छात्रबृत्ती तथा शैक्षिक सामग्री बितरण), स्वस्थ्य (स्वस्थ्य बिमा) र पुनःस्थापना (स.न.पा. २ मा बादी बस्तिको लागि घर बनाउन जग्गा खरिद तथा बितरण)  कार्यक्रम गर्ने गरि छनौट गरि सिफारिस गरेको छ ।

अन्य समाचारहरु