अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा संघीयता खारेजीको लागि लामो समयदेखि आन्दोलनरत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज बिहीवार बिरोध सभा सम्पन्न गरेको छ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं” “संघियता र भष्ट्रचारकाविरुद्ध संघर्ष गरौं”भन्ने मूल नाराका साथ चुत्राबेसी मसाल बजारबाट नाराजुलुस सहित शान्ति बगैचामा गएर कोणसभा सम्पन्न भएको थियो ।
सभाको संचालन जिल्ला सचिब बाबुराम पंथीले गर्नु भएको थियो । जिल्ला अध्यक्ष थम्मन केसीले सभालाई संबोधन गर्नु भएको थियो ।