अराज बेल्बासे
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । रेडियो शितगंगाका अध्यक्ष नारायण शर्माले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ६ जुकेनाका ७७ बर्षिय रुद्र बहादेर दर्जीलाई ह्लिल चियर बितरण गर्नु भएकाे छ ।
अपाङ्गता भएका ब्यक्तिलाई अध्यक्ष शर्माले घरमै पुगेर ह्यिल चियर बितरण गर्नु भएकाे हाे ।
शितगंगा नगरपालिका ६ जुकेनाका वडाअध्यक्ष ॠषि रेस्मी तथा अध्यक्ष शर्माले संयुक्त रुपमा ह्युल चियर बितरण गर्नु भएकाे हाे । यस्तै सर्माले शितगंगा नगरपालिका ६ जुकेनामा रहेकाे शिद्धार्थ आधारभुत बिद्यालयकाे बिद्यार्थीहरुलाइ शाैक्षिक सामाग्री बितरण गर्नु भएकाे छ ।
बिद्यार्थीहरुकाे पढाइ प्रतिकाे अाकर्षण बढाेस भन्दै सम्पुर्ण बिद्यार्थीहरुलाइ कापि तथा कलम बितरण गर्नु भएकमे हाे । अाफुले समेत अध्ययन गरेकाे बिद्यालयका बिद्यार्थीलाई शाैक्षिक सामाग्री बितरण गर्न पाउँदा खुशी लागेकाे शर्माले बताउनु भयाे । यस्तै वडा अध्यक्ष रिषि रेस्मीले वडाले समेत ह्यिल चियर बितरण गरेकाे बताउदै छुट भएका वृद्धकाे लागि सहयाेग गरेकाेमा शर्मालाइ धन्यवाद दिनु भयाे ।
साथै आफ्नै गाँउकाे बिद्यालयका बिद्यार्थीमा गरेकाे सहयाेगले सबैमा सकारात्मक सन्देशसमेत प्रवाह भएकाे बताउदै दुरदराजका बिद्यालयमा कसैकाे नजर जपरे पनि सहयाेग बाेकेर आएकाेमा आभार ब्यक्त गर्दै वार्डले समेत गुणस्तरिय शिक्षामा सधै तत्पर रहेकाे बताउन भयाे ।
शाैक्षिक सामाग्री बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष भिम बहादुर बिक प्रध्यानाध्यापक जीवन शर्मा लगायतकाे उपस्थितमा बिद्यार्थीहरुलाई बितरण गरिकाे थियाे ।