बाँगीको शान्ति माविमा प्राविधिक तर्फको अभिभावक भेला तथा अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
बांगी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा नं. ५ बांगी स्थित शान्ति माध्यमिक विद्यालयमा प्राविधिक धार तर्फको अभिभावक भेला तथा अन्तरक्रिया बिहीबार सम्पन्न भएको छ । शान्ति माध्यमिक विद्यालयका प्रअ मान बहादुर पाण्डेको अध्यक्षतामा भेला तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरकृयामा बोल्दै मलारानी ५ का वडा अध्यक्ष शोभाकर भुसालले गुणस्तरीय शिक्षाका लागि अभिभावकहरुले अग्रसरता देखाउनुपर्नेमा जोड दिनु भयो । सबै तह र तप्काका जिम्मेवार नगरिकहरु शैक्षिक विकासमा इमान्दार पुर्वक लाग्न आग्रह गर्नु भयो । अध्यक्ष भुसालले गुणस्तरीय शिक्षाका लागि विद्यालयले गरेका शिक्षण सिकाई एवं अतिरिक्त गतिविधी प्रति उच्च प्रशंसा समेत गर्नु भएको छ ।
कार्यक्रममा विद्यालयका प्रअ मान बहादुर पाण्डेले विद्यालयले संचालन गरेका विभिन्न शैक्षिक गतिविधिका बारेमा प्रगति विवरण प्रस्तुत गर्नु भयो ।
अभिभावकको तर्फबाट हरी बहादुर चौहान, कृष्ण प्रसाद भुसाल, तारा खनाल, नारायण भुसाल लगाएतले आफ्नो राय सुझाव व्यक्त गर्नु भएको थियो । अन्तरकृयाको संचालन प्राविधिक प्रमुख जीवन खनालले गर्नु भएको थियो ।
अन्तरकृया‌मा सहायक प्रअ माधव प्रसाद पन्थी, तारा प्रसाद भुसाल लगाएतको उपस्थिती रहेको थियो ।