अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखराथोकमा नेपाली कांग्रेस, नेकपाका दर्जन बढी कार्यकर्ता पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
पोखराथोकको डाँडापारी दमारको पातलमा शुक्रबार नेपाली कांग्रेस, नेकपाका एक दर्जन बढी कार्यकर्ता पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुलाई राजमोका नेता केयरसिंह घर्तिले सदस्य बितरण गर्नु भएको थियो ।
यस्तै यहाँ राष्ट्रिय जनमोर्चा वार्ड समिती समिति गठन भएको छ। दर्जनौको संख्यामा उपस्थित ९ जनालाई केयर सिंह घर्ति मन बहादुर घर्तिको विशेष उपस्थितिमा समिती गठन भएको हो । अध्यक्ष रुकबहादुर घर्ति, सचिब चिन्तामनणी सहित ७ जनाको वार्ड समिती गठन गरिएको थियो ।
पछील्लो समय जिल्लाभर नेपाली कांग्रेस, नेकपाका कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरिरहेका छन् ।