२०७७ मसिर २७, शनिवार मा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शान्ती बगैचाको पेटी निर्माण गरिने भएको छ ।
सन्धिखर्कको शान्ती बगैचाको पेटी (पर्खाल) निर्माण कार्य शनिबारबाट शुरु भएको हो ।
शान्ती बगैचाको पेटी १ करोड ३० लाखको लागतमा निर्माण हुनेछ । पेटी निर्माण कार्यको ठेक्का भुसाल कन्ट्रसन प्राली सन्धिखर्कले लिएको छ । भुसाल कन्ट्रसन प्रालीका सन्चालक पदम बहादुर भुसालले तोकिएको मितिमा गुणस्तरीय काम गरि सम्पन्न गरिने बताउनु भयो ।
लामो समयदेखि शान्ती बगैचा पर्खाल नहुँदा खुल्ला रहेको थियो ।
फोटोहरु: सुर्य भुसाल