अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यवाहक अध्यक्षमा राज खनाल

अर्घाखाँचीडट्कम संवाददाता  
सियोल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यवाहक अध्यक्षमा राज खनालले जिम्मा समालेका छन् । 
अध्यक्ष सुन्दर पन्थी १० वर्षको बसाईपछि नेपाल फर्कने भएकोले कार्यवाहक अध्यक्षमा राज खनालले जिम्मा समालेका हुन् । खनाल यसअघि वरिष्ठ उपाध्क्षय थिए ।
आईतबार अध्यक्ष पन्थीलाई एक कार्यक्रम गरी विदाई गरिएको छ । कार्यक्रम उपस्थिती सबैले पन्थीले अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्ष पदमा रहेर वर्षौसम्म गरेको कामको सराहना गरेका थिए । सो कार्यक्रमका बिच पन्थीले आफ्नो जिम्मेवारी खनाललाई सुम्पिएका थिए ।   
अब समितीमा कार्यवाहक अध्यक्षमा राज खनाल, उपाध्क्षयमा टिकाराम खनाल, उपाध्क्षयमा बिष्णु बन्जाडे, सचिबमा दिपक खनाल, सचिबमा जिवन आचायॅ, कोष्षाक्षयमा पूष्कर पौडेल संरक्षकमा बावुराम आचायॅ, सदस्यहरुमा सरोज आचायॅ, नन्दराम पौडेल, शोभित शाही, लक्ष्मण पौडेल, लक्ष्मण बेल्बासे, बिष्णु पौडेल, रुद्र पौडेल, हिमाल खनाल, अनिल खड्का रहेका छन् । 
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले जिल्लाको बिकास, सामाजिक सहयोगमा ठुलो महत्व राखेको छ ।