सन्धिखर्कमा कांग्रेस निकट नेबि संघद्धारा सिठ्ठी बजाउदै बाइक र्याली

हलिम खान / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपालीको कांग्रेस निकट  नेपाल बिद्यार्थी संघले आज सिटी बजाउदै बाइक र्याली गरेको छ।
सन्धिखर्क देखि चुत्राबेसी बजारमा करिब ५५ वटा बाइकमा सिठ्ठी बजाउदै बाइक र्याली निकालिएको थियो।
बाइक र्याली समापन भए संगै सन्धिखर्कको शान्ति बगैचामा कोण सभा गर्दै १ एक मिनेट सिटि बजाएर कार्यक्रम संचालन गरिएको थियो यस कार्यक्रममा नेपाली कांग्रेसका नेता देखि कार्यकर्ता तथा सम्पूर्ण बिधार्थी हरुको उपस्थिति रहेको थियो । कोण सभामा नेपाल विद्याथी संघका जिल्ला अध्यक्ष भरत मणि भट्टराई तथा नेपाल तरुण दलकाका जिल्ला अध्यक्ष नारायण खड्काले आफ्नो मन्तब्य राखेका थिए
मन्तब्य राख्दै गर्दा नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काले नेपालका ७७ वटा जिल्ला बाट तरुण तथा युवा हरु एक जुट भइ जाग्न पर्ने र नेपाल लाइ भ्रष्टाचार तथा बेथिती बाट मुक्त बनाउनको लागि तरुण युवाहरु टोल-टोल बाट निस्किएर सरकारलाई सजक बनाउन अनुरोध गरेका छन् ।
कार्यक्रमलाई समापन गर्दै देशमा दुईतिहाई बहुमतको दुरुपयोग गर्दै नेकपाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको र बलत्कारीलाइ बालुवाटारमा संरक्षण गरेको आारो लगाउनु भएको छ ।
नेपाली कांग्रेसा नेता कार्यकर्तालाई समेत गिरफ्तारी गरि झुट्टा मुदा लगाउदै गएको हुदा अब नेबिसंघ सडकमा उत्रने समेत नेपाल बिधार्थी संघ जिल्ला अध्यक्ष भरत मणि भट्टराईले बताउनु भयो ।
यस कोणसभाको कार्यक्रम नेपाल बिद्यार्थी संघका जिल्ला सचिब नबिन पौडेलले संचालन गरेका थिए ।