हलिम खान / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भोली मंसिर २९ गते नेपाली कांग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
भोली प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको अभद्र व्यवहार र गिरफ्तारीको विरोध जनाउँदै कांग्रेसको सरकारको अलोकतान्त्रिक कदम, भ्रष्ट्राचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको दिशामा देखाएको गैरजिम्मेवारी लगायतका मुद्दा उठाउँदै विरोध प्रदर्शन गर्ने भएको छ ।
भोलीको प्रदर्शनपछि सभालाई कांग्रेसका केन्द्रीय सदस्य एवं सचेतक पुष्पा भुसाल, प्रदेश सभा सदस्य निर्मला क्षेत्री लगायतले सम्बोधन गर्ने छन् ।
यस्तै सदरमुकाम सन्धिखर्कमा नेपालीको कांग्रेस निकट नेपाल बिद्यार्थी संघले आज सिटी बजाउदै बाइक र्याली गरेको छ।
सन्धिखर्क देखि चुत्राबेसी बजारमा करिब ५५ वटा बाइकमा सिठ्ठी बजाउदै बाइक र्याली निकालिएको थियो।
बाइक र्याली समापन भए संगै सन्धिखर्कको शान्ति बगैचामा कोण सभा गर्दै १ एक मिनेट सिटि बजाएर कार्यक्रम संचालन गरिएको थियो यस कार्यक्रममा नेपाली कांग्रेसका नेता देखि कार्यकर्ता तथा सम्पूर्ण बिधार्थी हरुको उपस्थिति रहेको थियो । कोण सभामा नेपाल विद्याथी संघका जिल्ला अध्यक्ष भरत मणि भट्टराई तथा नेपाल तरुण दलकाका जिल्ला अध्यक्ष नारायण खड्काले आफ्नो मन्तब्य राखेका थिए
।
मन्तब्य राख्दै गर्दा नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काले नेपालका ७७ वटा जिल्ला बाट तरुण तथा युवा हरु एक जुट भइ जाग्न पर्ने र नेपाल लाइ भ्रष्टाचार तथा बेथिती बाट मुक्त बनाउनको लागि तरुण युवाहरु टोल-टोल बाट निस्किएर सरकारलाई सजक बनाउन अनुरोध गरेका छन् ।
कार्यक्रमलाई समापन गर्दै देशमा दुईतिहाई बहुमतको दुरुपयोग गर्दै नेकपाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको र बलत्कारीलाइ बालुवाटारमा संरक्षण गरेको आारो लगाउनु भएको छ ।
नेपाली कांग्रेसा नेता कार्यकर्तालाई समेत गिरफ्तारी गरि झुट्टा मुदा लगाउदै गएको हुदा अब नेबिसंघ सडकमा उत्रने समेत नेपाल बिधार्थी संघ जिल्ला अध्यक्ष भरत मणि भट्टराईले बताउनु भयो ।
यस कोणसभाको कार्यक्रम नेपाल बिद्यार्थी संघका जिल्ला सचिब नबिन पौडेलले संचालन गरेका थिए ।