सुपादेउराली मन्दिर क्षेत्रमा मदिरा बिक्री-सेवन रोकिएन् | भक्तजनले यहाँ नआउने कसम खाए
मंसिर २९ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर क्षेत्र र नरपानीमा मदिरा बिक्री र सेवन नरोकिएको भन्दै भक्तजनहरुले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला बाहिरबाट आएका एक भक्तजनले अनुरोध गरे यो क्षेत्रमा रक्सी खाने काम भएको छ यो गलत हो ।
सुपा देउराली मन्दिर क्षेत्रका चिया पसल, होटेलहरुमा मदिरा बिक्री र सेवन नरोकिएको भन्दै भक्तजनहरुले चिन्ता व्यक्त गरेका हुन् ।
लामो समय सुपादेउराली मन्दिर क्षेत्रमा मदिरा बिक्री र सेवन नरोकिएका कारण बाहिरबाट आउने भक्तजनहरुमा कमी आएको थियो । भने आगामी दिनमा कमी आउने अनुमान गरिएको छ ।
नवलपरासी जिल्लाको कावासोती नगरपालिका वार्ड नं ५ का अनिस पुरी सुपादेउरालीमा भक्कल तथा दर्शन गर्ने आएका थिए तर मन्दिर क्षेत्रमा रिसोर्टदेखि सबै चिया पसलमा मदिरा बिक्री र सेवन गरेको देखेर अच्चम परे। उनी भन्छन्; मन्दिर क्षेत्रमा यसरी मदिरा बिक्री र सेवन गरेको नेपालको कुनै पनि स्थानमा देखेको थिएन् । यि रक्सी बेच्ने रिसोर्ट, होटेल, पसल सबै बन्द गराउनुपर्छ । मन्दिर नजिक रक्सी बेच्ने नै ठीक होइेन् । सुपा मन्दिर रक्सी पिउन, मनोरन्जन गर्न आउने ठाउँ रहेछ । हामी जस्तोको लागि रहेनछ । यहाँ आएर खर्च मात्र भयो । कसम खान्छु – अब यहाँ यो मन्दिरमा झुक्किएर पनि आउने छैन् । र कोही नआहोस् ।
चैत्र माहिनादेखि बन्द सुपा देउराली मन्दिर खुलेसँगै जिल्ला भित्र र बाहिरबाट आउने भक्तजनहरुको दैनिक जसो भिड लागेको देखिन्छ । तर यस क्षेत्रमा मदिरा बिक्री र सेवन गर्दा सुपादेउराली मन्दिरको बारेमा जिल्ला बाहिर नराम्रो सन्देश गएको देखिन्छ ।
उता यहाँका नरपानी बाहेक सुपा देउराली मन्दिर क्षेत्रका चिया पसलेहरुले बाहिर पिउने सर्तमा धमाधम मदिरा बिक्री गरेका बताइएको छ ।
साथै केही कृष्ण नगरबाट आएका भक्तजनहरुले मन्दिर क्षेत्रमा रक्सी बिक्री बन्द होस् र यहाँ आउने सडक राम्रो छैन्, यसलाई व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।
गत २०७५ भाद्र १७ गते आईतबार सुपादेउरली भक्तजन तथा पर्यटक घुईचो लगाउने भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय र सर्वदलिय बैठकले शितगंगा नगरपालिका वार्ड नं. २ बुढिचौरदेखि सन्धिखर्क नगरपालिका वार्ड नं. ६ घुम्तीसम्मको राजमार्ग र आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो ।
लामो समयदेखि देशका विभिन्न भागबाट सुपादेउराली दर्शन गर्न आउने विभिन्न व्यक्ति र समूहहरूबिच मदिरा सेवन गरी हो-हल्ला, झै-झगडा र झडप जस्ता उच्श्रृङ्खल र अवाञ्छनिय गतिविधि दोहोरिन थालेपछि यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले विशेष पहल गर्दै सर्वपक्षीय र सर्वदलीय बैठक मार्फत सो क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो ।