अर्घाखाँचीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षक राजकुमार श्रेष्ठको हत्या बिरोधमा प्रजिलाई बिरोध पत्र बुझायो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अखिल नेपाल शिक्षक संगठन, जिल्ला समिति ,अर्घाखाँची ले मिति २०७७ मंसिर २३ गते विप्लव समुहको ने.क.पा.माओवादी ले विभत्स रुपमा हत्या गरिएका प्रदेश न.१ मोरङ जिल्ला मिक्लाजुङ गाउपालिका वार्ड न.१ स्थित सरस्वती आधारभुत बिधालय का प्रधानध्यापक तथा कुशल शिक्षक राजेन्द्रकुमार श्रेष्ठ लाई सहिद धोषणा र  मृतक परिवार लाई क्षतिपूर्तिको माग गरि जिल्ला प्रशासन कार्यलय अर्घाखाँची मार्फत नेपाल सरकार समक्ष माग गर्दै विरोध  पत्र बुझाएको छ।
संगठन का अध्यक्ष युवराज भुसाल र सचिव बसन्त खडका द्वारा हस्ताक्षरित विरोध  पत्र मा विधालय लाई शान्ति क्षेत्रका रुपमा गरिएको सरकारी घोषणा र प्रतिवद्धता लाई कार्यन्वयन गर्न ,विधालयमा शिक्षक तथा विधार्थीहरु लाई निर्भिकता पुर्वक पठनपाठन मा संग्लन हुने वातावरण सिर्जना गर्न गराउन समेत माग गरेको छ।
शिक्षक राजेन्द्र कुमार श्रेष्ठ को हत्या मा संग्लन विप्लव माओवादी का कार्यकर्ता लाई कारवाहि गर्न,पिडित परिवार लाई क्षतिपूर्ति को व्यवस्था गर्न तथा हत्या भएका शिक्षकलाई सहिद घोषणा गर्न सरकार संग जोडदार माग गर्दै विरोध  पत्र बुझाईएको र माग पुरा नभए थप कडा आन्दोलन गर्ने एकीकृत अखिल नेपाल शिक्षक संगठन ,सन्धिखर्क नगरपालिका का अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिनुभयो ।