Inside Story Shitaganga-14 | टुकीको उज्यालोमा गुजारा | करेचुली, गन्दिका २५० घर अध्यारोमा बस्न बाध्य, पधेरोबाट पानी बोक्दा बिहान बित्छ

केशवराज ज्ञवाली | तस्बिरहरु: दिपेन्द्र पौडेल
करेचुली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । एक्काइसौं शताब्दी आधुनिक रुपमा संसार प्रत्येक प्रबिधीले भरिपुर्ण छ तर शितगंगा नगरपालिका वार्ड न १४ सिमलपानीको करेचुली र गन्दिका करिब २५० घर अध्यारोमा बस्न बाध्य छन् । ती गाउँका बासिन्दा टुकीमा रात बिताइरहेका छन् ।
देश लोडसेडिङ मुक्त भैरहेको अबस्थामा पनि यस गाउँमा बिजुली बत्ती नपुग्नुमा ठेकेदारको लापरबाही र जनप्रतिनिधिको उदासिनता देखिन्छ ।
गाउँमा बिधुतका पोलहरु कतै कतै गाडेको देखिन्छ भने तार लगायतका सामग्री पनि यत्रतत्र देख्न सकिन्छ ।”पोल गाडेको र सामान राखेको २ बर्ष बितिसक्यो खोइ बिजुली आएको छैन्।
खोइ बिजुली नबाली मरिन्छकी क्या हो” ८५ बर्षिय हर्क बहादुर रानाले भने । करेचुलीमा बिजुली कहिले बल्छ ? भन्ने प्रश्नमा वार्ड १४ का वार्ड अध्यक्ष दामाेदर न्याैपानेले ठेकेदारले बिद्धुतका काममा लापरबाही गरेको र यस बिसयमा  वार्ड अध्यक्षको हैसियत छिटो गर भनेर कुरा राख्ने शिबाय अरु नभएको भन्दै कहिलेसम्म बल्छ भन्नेमा अन्न्योल भएको बताए ।
बिजुली बत्तीसंगै उक्त गाउँका बासिन्दा खानेपानीको सुबिधाबाट पनि बन्चित छन् । एक घर एक धाराको नारा पनि उनिहरुलाई  कथा लाग्न थालेको छ ।
“बिहान पानी बोक्दा बित्छ अरु काम गर्ने पाइदैन” डोको बोकिरहेकी दिलमायाले भनिन् । एता नगर स्तरिय योजना अन्तर्गत लिफ्टिङ खानेपानी योजना संचालन गर्न ७ लाख बजेट परेको तर त्यति पैसाले पुग्दैन भन्दै प्रदेश स्तरिय ठुला योजनाबाट गाउँमा पानी ल्याउने प्रलोभन देखाएर त्यो बजेट पनि रकमान्तर गरिएको तर अहिले केही सुनुवाइ नभएको वार्ड सदस्य लाल बहादुर पान्डेले बताए ।
करिब २५० घरधुरी बिजुली र खानेपानीको सुबिधाबाट बन्चित हुँदै कस्टकर जीवन बिताइरहेका छन् । सम्बन्धित निकायको तुरुन्त ध्यान जानुपर्ने देखिन्छ ।

अन्य समाचारहरु