मालारानी गाउँपालिकाले उत्कृष्ट चिन्ह (लोगो) बनाउने गुल्मीका ईश्वर बिकलाई सम्मान गर्‍यो

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफ्नै  पालिकाको उत्कृष्ट चिन्ह (लोगो) बनाउने गुल्मी जिल्लाको रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकलाई सम्मान गरेको छ । 
मालारानी गाउँपालीकाको उत्कृष्ट  प्रतिक चिन्ह (लाेगाे)  उत्कृष्ट बनाउने  गुल्मी निबासी  ईश्वर बिकलाई नगद र प्रमाणपत्रले   सम्मान  गरेको हो । 
 गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले एक समारोहबीच बिकलाई सम्मान गर्दैन थप सफलताको शुभकामना दिनु भएको थियोे ।
गत २०७७ कार्त्तिक २ गते आईतवार मालारानी गाउँपालिकाले आफ्नै  पालिकाको छुट्टै चिन्ह (लोगो) सार्वजनिक गरेको थियो ।
आबेदकहरु मध्ये गुल्मी जिल्ला रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकले बनाएको लोगो छनोट गरि गाउँपालिकाले सार्बजनिक गरिएको थियो । 
मालारानी गाउँपालिकाले आफ्नै  पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भन्दै सर्वसाधारणलाई नमुना पठाउन भन्दै सुचना जारी गरेको थियो ।  चिन्ह पालिकाको पहिचानलाई समटिएर बनाइएको छ ।  
गाउँपालिकाहरुमा आफ्नो पहिचान सहितको लोगो सार्वजनिक गर्ने मालारानी पहिलो हो । गाउँपालिकाले सुचना सार्वजनिक गरेपछि गाउँपालिकामा १८ जना लोगो डिजाईनरहरुले आवेदन दिएको र ३५ वटा लोगो बनाई गाउँपालिकामा पेस गरेका थिए । 
पालिकाको नमुना चिन्ह (लोगो) नमुना असोज १२ गतेसम्म जोसुकैले पनि पठाउन सक्नेछ बताएको थियो ।  उक्त लोगो छानिएमा लोगो बनाउने व्यक्तिलाई उचित रकमले पुरस्कार प्रदान गरिने उक्त सुचनामा जनाइएको थियो ।  
मालारानी गाउँपालिकाको चिन्ह (लोगो) गुल्मी ईश्वर बिकले बनाए, अब यस्तो हुनेछ