सन्धिखर्क – ६ देखि १२ वार्डका टाेल विकास संस्थाहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न

बसन्त श्रेष्ठ छापेली / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरभित्रका टोल सुधार समितिहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं ६ देखि १२ सम्मका टोल सुधार समितिलाई सन्धिखर्क नगरपालिकाले टोल सुधार समितिको भुमिका, गठन, सञ्चालन तथा व्यवस्थापनका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको  हो ।
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसालले नगरपालिकाले टोलसुधार समितिलाई सक्रिय बनाउने पहल सुरु गरेको बताउनुभयो । प्रमुख अथिति समेत रहनुभएका भुसालले सरसफाई तथा सामाजिक विकास तथा सम्बृद्धिमा टोलसुधार समितिको महत्वपूर्ण भमिका रहने भन्दै सार्वजनिक सम्पत्तीको संरक्षणमा जोड दिनुभयो । आफ्नो टोल, छरछिमेकको गरिमा बढाउन तथा विकासलाई प्रभावकारी बनाउन टोलसुधार समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
सन्धिखर्क नगर उपप्रमुख  ठाकुर कुमार बिकले टोलसुधार समितिको काम, कर्तव्य तथा नीतिगत व्यवस्थाको बारेमा जानकारी गराउदै टोल सुधार समिति नगरपालिकाको साझेदार निकाय रहेको बताउनुभयो । बि.क ले नगरपालिकाले सबै टोल सुधार समितिको सञ्चालन व्यवस्थापन तथा नियमनका लागि कार्य बिधि पास गर्ने अन्तिम चरणमा रहेको बताउदै टोल सुधार समिति नगरपालिकाको सम्बृद्धिको आधार भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले टोल सुधार समितिले सबै नगरबासीको  रहर, सुन्दर सन्धिखर्क नगरको नारालाई कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । सापकोटाले टोलसुधार समितिलाई प्रोत्साहनका लागि उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिने पनि बताउनुभयो ।
प्रकाश सचेतन समुह प्रागका कार्यकारी निर्देशक प्रेमनारायण गैरेले पूर्ण सरसफाईको बारेमा प्रस्तुतीकरण गरेको कार्यक्रममा सन्धिखर्क नगर प्रबक्ता लिलाराम गौतमको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा सबै वडाध्यक्षको तर्फबाट वडा नं ८ का वडाध्यक्ष इश्वरी प्रसाद भुसाल, पत्रकार महासंघ जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायत बिभिन्न टोल सुधार समितिका प्रमुख तथा प्रतिनिधीले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत तथा सूचना अधिकारी मञ्जु खनालले सहजीकरण गर्नुभएको थियो ।

अन्य समाचारहरु