प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ३० मंसिर । अर्घाखाँचीका सम्पुर्ण धार्मिक मठ मन्दिरहरु भोलि देखि खुल्ने भएका छन् । कोरोनाका कारण चैत देखि बन्द भएका सुपा देउराली मन्दिर लगायतका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरु भोलि पुस १ गते देखि खुल्ला गर्ने निर्ण भएको छ ।
जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले स्वास्थ्य मापदण्ड कायम गरी भोलि देखि धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनु भयो ।
बैठकमा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका प्रनाउ रामकृष्ण महर्जन, सेनानी अशोक कुमार क्षेत्री, प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्वेदी, अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, विनोद खनाल, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुस्पा थापा, रेडक्रसका जिल्ला सभापति कुशल भुसाल, सनिधखर्क ७ का वडा अध्यक्ष प्रितम थापा, शितगंगा नगरपालिका २ का वडा अध्यक्ष गोबद्र्धन थापा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।
बैठक प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।