ठाडाको बसेरी सडक, सन्धिखर्कको तारामार्ग, नरपानीमा दुर्घटना न्युनिकरण सम्बन्धी प्रहरीको अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  नरपानी सडक, सन्धिखर्कको तारामार्ग, ठाडाको बसेरी सडकमा दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा “ दुर्घटना न्युनिकरण लागी चालकसंग कुराकानी” अन्तर्गत आज जिल्ला प्रहरी कार्यालयबाट सन्धिखर्क नगरपालिका वार्ड नं. १ तारामार्ग स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले ,अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट शितगंगा नगरपालिका वार्ड नं. १२ ठाडाको बसेरी स्थित गोरुसिङगे- सन्धिखर्क पक्कि सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले ,अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित खटिएको ट्राफिक चेकिङ टोलिले चालक सह-चालक २ पटकमा ३० जना र सर्बसाधरण २ पटकमा ३५ जना गरी जम्मा ३ पटकमा ६५ जनालाई सडकमै जम्मा गरी  सवारी दुर्घटना न्युनिकरण, पहाडी जिल्लाका सडक हरु बढी अप्ठ्यारो हुने हुँदा हुन सक्ने सम्भाबित दुर्घटना , दुर्घटना बाट बच्नको लागी अपनाउनु पर्ने शाब्धानि सम्बन्धि जानकारी, ओभर स्पिड,ओभर लोड,सवारी साधनको यान्त्रिक अबस्थाको कारण हुने सवारी दुर्घटना सम्बन्धि जानकारी ,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।