अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिमलपानी सडक, चाक्ला, सुपादेउराली सडकमा दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अन्तर्गत आज अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट शितगंगा नगरपालिका वार्ड नं. ४ चाक्ला स्थित चाक्ला सिमलपानी- सिमलपानी भित्रि सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले ,अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी सुपादेउराली स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक सह-चालक २ पटकमा ४५ जना र सर्बसाधरण १ पटकमा ३० जना गरी जम्मा ३ पटकमा ७५ जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना न्युनिकरण, पहाडी जिल्लाका सडक हरु बढी अप्ठ्यारो हुने हुँदा हुन सक्ने सम्भाबित दुर्घटना , दुर्घटना बाट बच्नको लागी अपनाउनु पर्ने शाब्धानि सम्बन्धि जानकारी, ओभर स्पिड,ओभर लोड,सवारी साधनको यान्त्रिक अबस्थाको कारण हुने सवारी दुर्घटना सम्बन्धि जानकारी ,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस सम्बन्धी र अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुको साथै सार्बजनिक यात्रुबहाक सवारी साधनहरुमा भाडादररेट सम्बन्धी प्रशिक्षण दिएको थियो ।
सोही अवसरमा ट्राफिक जनचेतनामुलक स्वलोगन लेखिएका स्टिकर समेत टाँस गरी र पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।