शितगंगाका सबै वार्डका कृषकलाई एक दिने माटो परिक्षण र बाली उपचार शिबिर कार्यक्रम सम्पन्न (फोटो, भिडियो सहित)
पौष २ गते, २०७७ मा प्रकाशित
जनक के.सी / अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका सबै १४ वार्डका कृषकलाई एक दिने माटो परिक्षण र बाली उपचार शिबिर कार्यक्रम सम्पन्न भएको छ।
शितगंगा नगरपालिकाका सबै १४ वार्डका स्थानिय कृषकहरुलाई एक दिने माटो परिक्षण र बाली उपचार शिबिर कार्यक्रम बिहीवार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले विभिन्न खेतिमा आएको फौजिकिरा, सलह किराले यो बर्ष किसान धेरै मर्कामा परेको अब आउदा दिनमा नगरबाट सहयोग गर्ने वाचा समेत गरेका थिए।
कार्यक्रममा शितगंगा नगरपालिका कृषि शाखा ठाडाका प्रमुख अनिल शर्माको अध्यक्षतामा, प्रमुख अतिथी नगर प्रमुख सुर्य प्रसाद अधिकारी, बिशिस्ट अतिथी (PMAMP) प्रमुख घनश्याम चौधरी, कृषि ज्ञान केन्द्र अधिकृत बिबेक पन्त,अधिकृत नारायण प्रसाद भुषाल, अधिकृत निम बहादुर आचार्य, झबिन्द्र प्रसाद आचार्य कार्यालय सहयोगी, सन्धिखर्क ११ का अगुवा कृषक गणेश बन्जाडे, शितगंगा नगरपालिका अगुवा कृषक कमान सिंह दर्लामी लगायतको उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रममा विभिन्न वार्डबाट नेतृत्व गर्दै समूह अगुवा कृषकहरु तरकारी ब्यबसाय खेती गर्ने उद्देश्यले माटो परिक्षण गराउन पाउँदा खुशी भएका छन् ।
साथै कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा शितगंगामा विभिन्न पकेट क्षेत्रलाई ५०% अनुदान सहित कार्यक्रमका आएको छ । समूह सहित टिम बनाएर व्यावसायि खेती गर्नेलाई प्राबिधिक सहित अनुगमनको जिम्मा समेत लिने बताएका छन् ।