काठमाडौँ – चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम भुक्तानिको मागसहित उखु किसान लगातार आन्दोलनमा छन् । उनीहरुले दिनहुँ काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।
सर्लाहीका उखु किसान गएको आइतबारदेखि काठमाडौँमा आन्दोलित रहे पनि अलिहेसम्म सरकारले उनीहरुको कुरा सुनेको छैन ।
काठमाडौँको चिसोमा उनीहरुले उखुका लाँक्रासहित शनिबार पनि प्रदर्शन गरेका छन् । उखु किसानको आन्दोलनमा विभिन्न संघ–संगठनले ऐक्यवद्धता जनाउँदै दैनि साथ दिन पुग्ने गरेका छन् । देशसन्चारमा समाचार छ ।