अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ मा श्री सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख, कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार विक कृर्षि ज्ञान केन्द्रका प्रमुख राममिलन प्रसाद बिश्वकर्मा, सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का कार्वाहक अध्यक्ष लक्षमण पराजुली , नेकपा नगर अध्यक्ष श्रीकृष्ण भुसाल, नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, पत्रकार मुक्ति भुसाल लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का कम्प्युटर अप्रेटर माया पन्थी को सन्चालन प्रेमनारायण भुसालको अध्यक्षतामा बृर्तिमा शुरु भएको थियो ।
बेरोजगारी समस्या समधान गर्ने युवाहरुलाई रोजगारी श्रृर्जना गर्ने किषानलाई आत्म निर्भर बनाउने उदेश्यले कृर्षि स्मार्ट गाउँ कार्यक्रम लागू गरिएको हो ।