सागर परियार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पारिवारिक निजी वन संघ जिल्ला शाखा अर्घाखाँचीको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पारिवारिक निजी वनका केन्द्रिय सदस्य राममल्ल ठकुरीले अव सवै बाजो रुपमा रहेका जग्गाहरु वा खर्यानहरुलाई त्यससंग स्वामित्व रहेका नागरिकहरले त्यसलाई पारिवारिक निजी वनमा र्दता गरि ब्यवसायीक रुपमा वोट विरुवा लगाई अर्थात उत्पादन मुलक गरि ब्यवसायीक खेती गर्न आग्रह गर्नु भएको ।
त्यस्तै पारिवारीक नीजी वनमा आफ्नो सम्पती दर्र्ता गरि अवद्य हुदा सरकारले त्यो सम्पती जफत गर्छ भन्नु भ्रम मात्र भएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा सहभागिहरुले उठाएको पारिवारीक नीजी वन भनेको के हो ? समाजमा यस वन ले कस्तो प्रभाव पार्छ लगायतका विषयमा कार्यक्रमका विशिष्ट अतिथी पारिवारिक नीजी वन लुम्विनी प्रदेशका सदस्य विष्णु प्रसाद पौडेलले प्रस्ट र्पानु भएको थियो ।
कार्यक्रम पारिवारिक नीजी वन संघ जिल्ला साखाका अध्यक्ष खिमानन्द खनालको अध्यक्षता सचिव भरत शाहको सन्चालनमा सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रममा ललिता भट्टराई अध्यक्षतामा सन्धिखर्क नगरपालिका स्तरिय पारिवारिक नीजी वन संघ समेत गठन गरेको छ ।