वाङ्लामा नेकपा र कांग्रेस परित्याग गरि १७ जना जनता समाजवादी पार्टी नेपालमा प्रवेश

दिनेश सुनार विकल्प
वाङ्ला, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर  ४ वाङ्लामा नेपाला कम्युनिस्ट पार्टी ने.क.पा र नेपाली कांग्रेस परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा १७ जना प्रवेश गरेको छन्  । प्रबेशीहरुको आजै टोल कमिटी समेत गठन गरिएको छ ।
 
बाल कुमारी थापाको अध्यक्षतामा १७ सदस्य रहने गरि उक्त टोल कमिटी गठन गरिएको हो । ” कार्यक्रममा बोल्दै टोल कमिटी अध्यक्ष बालकुमारी थापाले पुराना पार्टीबाट देश र जनताले निकास पाउन नसक्ने हुँदा हामी जनता समाजावादीमा समाहित हुने निर्णय लिएको र अब निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।”
 
साथै नब प्रबेशीहरुलाइ स्वागत गर्दै जनता समाजवादी पार्टीका प्रदेश सचिव तथा सहि कार्यक्रमका प्रमुख अतिथि  टोपबहादुर बलालले “अब मुलुकमा बैकल्पिक शक्तिको रुपमा जनता समाजवादी आइसकेकोले अबको युगको दर्शन र  बिचार अनुसार सबै नयाँ सोचकसाथ अगाडि बढ्नु पर्ने बताउनु भएको थियो ।” वहाले सबै समुदायको अधिकार र   समाबेशी नेतृत्वको एकमात्र शक्ति जसपा नै रहेको समेत ठकुवा गर्नु भएको थियो ।”
कार्यक्रममा  स्थानीय जेष्ठ नागरिक विष्णु थापाको अध्यक्षता,   जसपा दलित महासंघ जिल्ला अध्यक्ष विवेक विक ,र स्थानीय गोमा महतको  आतिथ्यता र  जसपा अर्घाखाँची जिल्ला सचीव जे.वि दर्लामीको संचालन रहेको थियो ।