बाँगीमा जनता समाजवादी पार्टी अर्घाखाँचीको शोक सभा सम्पन्न

दिनेश सुनार विकल्प
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा जनता समाजवादी पार्टी अर्घाखाँचीले शोक सभा सम्पन्न गरेको छ । 
बाँगी निवासी जनता समाजवादी  पार्टी अर्घाखाँची जिल्ला सल्लाहकार फर्शुराम भुसालको मंसिर ३० गतेको दिन ६६ बर्षको उमेरमा भएको असमायिक निधन प्रती गहिरो समबेदना प्रकट गरेको छ । 
शोक सभामा बोल्दै जसपाका केन्द्रिय सदस्य भक्ती प्रसाद आचार्य (राजु नेपाली)ले   “नयाँ शक्ति अभियान देखि जसपा सम्म आउदा मृतक फर्सुराम भुसालले पार्टीलाई दिएको योगदान अतुलनीय र अविस्मरणीय छ वहाँले देखाएको बाटोलाई सधैव आत्मसात गर्दै अगाडि बढ्ने भन्दै फर्सुराम भुसालको अकल्पनीय निधनले सिङ्गो जनता समाजवादी पार्टीलाई ठूलो क्षति पुगेको कुरा समेत उल्लेख गर्नु भएको हो ।”  
शोक कार्यक्रममा जसपाका केन्द्रिय सदस्य खिम बहादुर बि.क, छन्द बहादुर पन्थी , जिल्ला अध्यक्ष जिन्दक खडका, प्रदेश सदस्य पुस्करनाथ आचार्य , प्रेस नेपाल केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दिनेश सुनार विकल्प, समाजवादी विद्यार्थी युनियन जिल्ला संयोजक रमेश खनाल र जिल्ला सदस्यहरु  झबिन्द्र खनाल,शोभाखर बि.क, यम बहादुर बि.क,टाम बहादुर खड्का ,गोबिन्द पन्थी र रामु बिक लगायतको  उपस्थिति रहेको प्रेस नेपालका जिल्ला अध्यक्ष दिनेश सुनार विकल्पले जानकारी दिनु भएको छ ।