बल्कोटको धाइरीचाैरमा सन् नेपाल लाइफ इन्स्योरेन्स प्रालीको मृत्‍यु दावी भुक्तानी कार्यक्रम सम्पन्न

सचिन बोहोरा / अर्घाखाँचीडट्कम संवाददाता 
बल्कोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटको धाइरीचाैरमा सन् नेपाल लाइफ इन्स्योरेन्स प्राली अर्घाखाँची शाखाको मृत्‍यु दावी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । 
 
बल्कोटको धाइरीचाैरका बिमित स्व. कुशला पाण्डेकाे ईच्छाईएको ब्याक्ति तथा उहाँका श्रीमान श्री बेदुराम पाण्डेलाई रू ७,७६,२५०/- (अक्षरूपी रू. सात लाख छयत्तर हजार दुई सय पचास रूपैया मात्र) सन नेपाल लाइफ इन्स्योरेन्स प्राली अर्घाखाँची शाखाले  मृत्‍यु दावी भुक्तानी हस्तान्तरण गरेको हो । 
उहाँको निधन भएपछि उक्त रकमको चेक  आज एक कार्यक्रमका बिच छत्रदेव गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजेस पन्थी र सन् नेपाल लाइफ इनस्योरेन्स कम्पनीका शाखा प्रमुख मिना बस्यालले हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाका शाखा प्रमुख मिना बस्यालकाे सभापतितत्व, वार्ड नं २ का वडाअध्यक्ष राजेश कुमार पन्थीकाे प्रमुख आतिथ्य, श्री अर्वुण आ वि का प्र अ सलिम मिया र जिल्ला समन्वय समितिका सदस्य समशेर दीन मियाकाे विशेष आतिथ्य, शाखाका कर्मचारी महेश पाैडेल साथै अभिकर्ताहरू धनिश्वर पाण्डे, शान्ता पाैडेल, रिता बिक, बाल कुमारी कुमाल, दिपा ज्ञवाली साथै समाजसेवी बिशिस्ट व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियो । 
५० हजार मात्र विमाको किस्ता तिरेकी कुशलाले ७ लाख ५० हजार रुपैयाको विमा गर्नु भएको थियो । बिमितले मंसिर २० गते सन नेपाल लाईफ ईन्स्योरेन्सको साबधिक पोलिसी लिनु भएको थियो । 
सन लाइफ छ जहाँ – जीवन बीमा छ त्यहाँ । सन नेपाल अर्घाखाँची शाखाले गाउँ गाउँ मै गएर मृत्यु दावी दिदै आइरहेको छ । 

अन्य समाचारहरु