संसद विघठनको सिफारिसपछि देशव्यापी सुरक्षा सतर्कता ‘हाई अलर्ट’मा

संसद विघठनको सिफारिसपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्। 
फिल्डमा प्रमुख रुपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ। 
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। 
‘ठूला राजनीतिक घटना हुँदा स्वाभाविक रुपमै सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको हुन्छ, यस्तै निर्देशन गएको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले सेतोपाटीसँग भने। 
मुख्यालयले यस्तो बेला सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ।  सेतोपाटीमा समाचार छ ।