सन्धिखर्कमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि विरोध प्रदर्शन शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि विरोध प्रदर्शन सुरु भएको छ । 
प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै  नेकपा, राष्ट्रिय जनमोर्चा, कांग्रेसका विद्यार्थी संगठन, युवा संगठन, कार्यकर्ताले विरोध प्रदर्शन सुरु गरेका हुन् । 
आईतबार दिउँसो १ बजे सन्धिखर्क लगायत जिल्लाका विभिन्न भागमा नेकपा र कांग्रेसका कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नारा लगाउँदै नाराबाजी गरेका छन् ।
विरोध प्रदर्शनको क्रममा उनीहरूले जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथी प्रधानमन्त्री ओलीले प्रहार गरेको बताएका छन् । संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए  आन्दोलन सुरु हुने चेतावनी दिएका छन् ।