काठमाडौँ- प्रधानमन्त्रीले संसद विघटन प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर फर्केलगत्तै नारायणहिटी दरबारअगाडि केही व्यक्तिहरुले राजतन्त्रको पक्षमा नारा लगाएका छन्।
सानो संख्यामा उपस्थित सर्वसाधारणहरु राजतन्त्रको पक्षमा नारा लगाउँदै नारायणहिटी दरबार परिसरभित्रै अघि बढेका छन्।
केही समययता राजतन्त्र पक्षधरहरु ‘राजा आऊ, देश बचाऊ’ भन्दै सडकमा उत्रिरहेका छन्।
प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयमा बुझाएपछि राजतन्त्र पक्षधरहरु आकस्मिक रुपमा सडकमा निस्केका हुन्। सेतोपाटीमा समाचार छ ।