पाणिनी गाउँपालिका पुष १० गतेसम्म बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
पाणिनी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका दुई जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द भएको छ । 
पाणिनी गाउँपालिकामा कार्यरत २ जना कर्मचारीलाई  कोरोना संक्रमण भएपछि पालिका कार्यालयका सबै सेवा बन्द गरिएको हो ।
पाणिनी गाउँपालिका सुचना अनुसार गत मंसिर ३ गते पिसिआर चेक गर्न दिएको पुष ४ गते आएको रिपोर्ट अनुसार २ जना कर्मचारीको पोजेटिभ आएकोले भोली सोमबारदेखि पुष १० गतेसम्म गाउँपालिकाको कार्यालय बन्द हुने भएको छ ।   
गाउँपालिकाको कार्यालयबाट संचालन हुँदै आइरहेका सबै प्रकारका सेवाहरू पुष १० गतेसम्म सम्मकाे लागि बन्द रहने गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले अर्घाखाँचीडट्कमलाई जानकारी दिनुभयो । 

अन्य समाचारहरु