चुत्राबेसीको शिद्धेश्वर शिवालय मन्दिर भोलीदेखि खुल्ने

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा रहेको शिद्धेश्वर शिवालय मन्दिर भोली सोमबारदेखि खुल्ने भएको छ ।    
गत सालको चैत महिना देखि बन्ध गरिएको शिद्धेश्वर शिवालय मन्दिर नौ महिनापछि भोली पौष ६ गते सोमवारबाट पुनः भक्तजनका लागि खुल्ला गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै नेपालमा गत सालको चैत ११ गतेदखि सरकारले गरेको लकडाउनका कारण बन्द रहेको शिद्धेश्वर शिवालय मन्दिर सरकारले तोकेको स्वास्थ्य मापडण्ड पुरा गरि भक्तजनका लागि खुल्ला गरिने मन्दीर सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।
मन्दीर पुर्णरुपमा खुलेसंगै यसअघि हुनेगरेका सम्पुर्ण कार्यहरु यथावत रुपमा हुने मन्दीरका पुजारी सुमन्तराज पोख्रेलले बताउनुभयो । पोख्रेलले स्वास्थ्यका सम्पुर्ण मापदण्ड पुरागरी भक्तजनहरुलाई मन्दीरमा पुजाआजा लगायतका धार्मीक कार्यहरु गर्न निर्धक्क भएर आउन आग्रह समेत गर्नुभयो ।
यसअघि गत मंगलवार जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्यका सबै मापदण्ड पुरागरी पौष १ गते देखि धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ला गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेपालकै प्रशिद्ध धार्मीक स्थल सुपादेउराली मन्दीर  पनि गत बुधबारदेखी सदाझै पुजाआजा कार्य सुरु भएको छ ।