आइतबार बिहान संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलासा

काठमाडौँ- मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दिउँसो संसद विघटन हुनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएको थाहा भएको छ।
नेकपा नेतृ पम्फा भुसालले प्रधानमन्त्री ओलीबिरुद्ध आइतबार बिहान साढे दस बजे नै संसदमा अविश्वास प्रस्ताव दर्ता गरिएको जानकारी दिइन्।
‘उहाँबिरुद्ध ९३ जना सांसदहरुको हस्ताक्षरसहित आइतबार बिहान नै हामीले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छौँ,’ नेतृ भुसालले भनिन्।
यद्पि संसद भंग भइसकेको अवस्थामा अविश्वास प्रस्तावबारे के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन। देशसन्चारमा समाचार छ ।