हंसपुर सडक, भेडामारे, बिहारा सडकमा प्रहरीको भाडा दररेट टाँस र ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
भेडामारे, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  हंसपुर सडक, भेडामारे, बिहारा सडकमा दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अन्तर्गत आज जिल्ला कार्यालय  सन्धिखर्क नगरपालिका वार्ड नं. २ बिहारा स्थित सन्धिखर्क हंसपुर भित्रि सडक खण्डमा खटिएको ट्राफिक चेकिङ टोलिले ,अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट सितगंगा नगरपालिका वार्ड नं. ४  भेडामारे स्थित गोरुसिङगे- सन्धिखर्क  सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले ,अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक सह-चालक ३  पटकमा ५५ जना र सर्बसाधरण २  पटकमा ४५ जना गरी जम्मा ३  पटकमा १०० जना लाई सडकमै जम्मा गरी  सवारी दुर्घटना न्युनिकरण, हिउदको समयमा कुहिरो,हुस्सु ,सितलहरको कारणले हुने दुर्घटना सम्बन्धि  जानकारी ओभर स्पिड,ओभर लोड,सवारी साधनको यान्त्रिक अबस्थाको कारण हुने सवारी दुर्घटना सम्बन्धि जानकारी ,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस    सम्बन्धि र अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक स्वलोगन लेखिएका स्टिकर समेत टाँस गरी र पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।