सन्धिखर्कमा संगितकर्मी संघ अर्घाखाँचीको दोस्रो अधिवेशनको तयारी भेला सम्पन्न

 
केशव  भुसाल
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय संगितकर्मी संघ, जिल्ला कार्य समिति अर्घाखाँचीको दोश्रो अधिवेशन-२०७७ तयारी भेला सम्पन्न भएको छ । 
“हाम्रो कला र संस्कृति गौरवपुर्ण शान, कलाकर्मी उत्थानका लागि हाम्रो अभियान” मूल नाराका साथ आयोजित राष्ट्रिय संगितकर्मी संघ, जिल्ला कार्य समिति अर्घाखाँचीको दोश्रो अधिवेशन-२०७७ तयारी भेला सन्धिखर्कको शान्तिबगैँचा स्थित लुम्बिनी रिसोर्टमा सम्पन्न भएको हो ।
कार्यक्रममा थानेश्‍वर अधिकारी (राष्ट्रिय संगीगकर्मी संघ, लुम्बिनी  प्रदेश इन्चार्ज ), पुर्णचन्द्र परियार (अतिथि तथा महासचिव, राष्ट्रिय संगीतकर्मी संघलुम्बिनी प्रदेश, जीवन परियार (रा.सं.स प्रदेश सचिब ), मदन नेपाली (रा.सं.स.प्रदेश सदस्य), राजेश सोती मगर (रा.सं.स. प्रदेश सदस्य) लगायतको उपस्थित रहेको थियो । 
राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको दोश्रो जिल्ला अधिवेशनमा ३ सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो जसको संयोजक पुर्णचन्द्र परियार र सदस्यहरू मदन नेपाली र राजेश सोती मगर रहनु भएको थियो ।
अधिवेशनले  नकुल परियार को अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।जसमा अध्यक्ष:- नकुल परियार वरिष्ठ उपाध्यक्ष: शिव रञ्जन प्रथम उपाध्यक्ष: कृष्ण खनाल द्वितीय उपाध्यक्ष: सरगम श्रेष्ठ महिला उपाध्यक्ष: सुस्मा बन्जाडे सचिव:- सरोज पाण्डे सह-सचिव:- विकल्प नेपाली कोषाध्यक्ष:- संजय आचार्य सह-कोषाध्यक्ष:- मिसन पोख्रेल प्रवक्ता:- केशव भुसाल सदस्यहरूः- ५ जना रहेका छन।
कार्यक्रममा सरोज पाण्डेले स्वागत मन्तव्य राखेका थिए।