धारापानीमा राष्ट्रिय जनमाेर्चाको बिराेध सभा सम्पन्न

माधव खनाल /  अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीमा राष्ट्रिय जनमाेर्चाको बिराेध सभा सम्पन्न भएको छ । 
धारापानीमा आईतबार “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरोध गरौं” मुल नारा सहित राष्ट्रिय जनमाेर्चाको बिराेध सभा सम्पन्न भएको हो । 
नेकपामा भएको विवाद मिलाउन नसक्दा  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा वलीले जनमतको दुरुपयोग गर्दै संसद विघटन गरेकाे आराेप लगाउनुभएको छ । आइतबार राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिका वडा नम्बर १,२,३र ४ को  आयोजनामा भुमिकास्थानकाे धारापानीमा भएकाे संयुक्त  बिराेध सभालाई सम्बाेधन गर्दै थापाले सो कुरा बताउनुभएको थियो ।
यस्तै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य तथा बामपंथी नेता सागर केसिले डबल नेकपाको कारण देसमा महङ्गी भ्रष्टाचार मौलाएको  आरोप् लगाउनुभयो ।
बिरोध शभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन  केसीले राजावादीहरूले संघीयताप्रति नेपाली जनताको घृणा देखेपछि संघीयता खारेज गर भन्ने गरेको अवसरवादी तरिकाबाट फाइदा उठाउन खोजेको तथ्य प्रष्ट पार्दै संघीयताप्रति जनताको वितृष्णाबाट राजतन्त्र फर्काउने कुचेष्टा गरेको बताउनुभयो ।
बिरोध शभामा नेकपा (मसाल) जिल्ला प्रवक्ता पशुपति ढकाल, अनेम संघकी माधवा वेल्वासे राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला सचिव  बावुराम पन्थी, अन्टुक का कृष्ण वन्जाडे, राजमाे जिल्ला सल्लाहकार दिलदार हुसेन लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिति सदस्य नारायण भुसालको अध्यक्षता , नगर सल्लाहकार बुद्धि बहादुर थापा काे स्वागत मन्तव्य र नगर सदस्य भाेजराज खनालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।