अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्धारा संसद विघटनको बिरोधमा र्याली र कोण सभा सम्पन्न (फोटो सहित)

बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रास्ट्रिय जनमोर्चा जिल्ला समिती अर्घाखाँचीको आयोजनामा बिरोध र्याली र कोण सभा सम्पन्न भएको छ ।
बर्तमान सरकारद्वारा अप्रत्याशित रुपमा संसद विघटनको प्रस्ताव र रास्ट्रपतिद्वारा अनुमोदन भैसकेको अबस्थामा उक्त कदम गैर लोकतान्तृक र असंबैधानिक कदम भन्दै रास्ट्रिय जनमोर्चाले सन्धिखर्कमा बिरोध प्रदर्शन शुरु गरेको हो । 
रास्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा भक्तिटोलाबाट निकालिएको बिरोध जुलुस शान्ति बगैचामा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त सभालाई ने .क .पा . मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल र रास्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन के.सीले सम्बोधन गरेका थिए ।
 
सभालाई सम्बोधन गर्दै अधक्ष्य के.सीले बर्तमान नालायक सरकारले अधिनायकतवादको सिमा नाघिसकेको भन्दै २०६२/६३ को जन आन्दोलनको चिरहरण गरेको बताए । उनले ने क पा र काङ्ग्रेसका साथिहरुलाई जनमोर्चाको झण्डा बोकेर देशलाइ अग्रगमन  तर्फ लैजाने बाटोमा आउन अपिल गरे ।
शान्ति बगैंचा चोकमा भएको शभाको सन्चालन रास्ट्रिय जनमोर्चाकाका जिल्ला सचिब बाबुराम पन्थी सुनारले गरेका थिए ।
उक्त कार्यक्रम भन्दा पहिले नियमित संघर्षका कार्यक्रम अन्तर्गत  रास्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनमा पार्टी कार्यालय मसाल बजारबाट निस्किएको जुलुस सहित भक्तिटोलामा कोण शभामा परिणत भएको थियो । उक्त कोण शभाको सम्बोधन गर्दै रास्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समिति अध्यक्ष कमल घिमिरेले बर्तमान सरकारले चालेका कदम अलोकतान्त्रिक भएको दाबी गरे।