सन्धिखर्कमा पुर्ण खोप सुनिश्चितता तथा शुष्म योजना सम्बन्धी २ दिने कार्यशाला गोष्ठी शुरु


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत पुर्ण खोप सुनिश्चितता  तथा शुष्म योजना तर्जमा सम्बन्धि २ दिने  कार्यशाला गोष्ठी नगरपालिकाको सभाहलमा शुरु गरेको छ । 
कार्यक्रम को एक समारोहबीच सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो । 
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा नगरपालिका का प्रबक्ता लिलाराम गौतम नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली लगाएत नगरपालिका भित्र रहेका १२ वार्डका स्वास्थ्यकर्मी हरुको सहभागीतामा कार्यक्रम शुरु भएको हो ।

अन्य समाचारहरु