प्रेम नारायण आचार्य
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखरामा नेपाली कांग्रेसको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसकी नेतृ लुम्बिनी प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेसकी मुख्य सचेतक निर्मला क्षेत्रीको उपस्थितिमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसकी नेता निर्मला क्षेत्रीले संसद विघटन गर्नु भनेको लोकतन्त्र माथी प्रहार भएको बताउनु भयो । उहाँले यसको विरुद्ध सबै नेपाली एक जुट हुनु पर्ने बताउनु भयो । उहाँले यसको विरुद्ध सबै नेपाली एक जुट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टीका प्रभावशाली नेता समाजसेवी व्यक्तित्व ओम प्रकाश बन्जाडे नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।