पत्रकार महासंघ जिल्ला समिती गुटको भेला । फोटो स्रोत: फेसबुक
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पत्रकार महासंघ जिल्ला समिती गुटले पत्रकार आचारसंहिता र काेभिड १९ ले मिडियामा पारेको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कमा पत्रकार महासंघ जिल्ला समिती समुहको गुटले जिल्लाको एक मात्र प्रमुख मिडियालाई जानकारी नगराई पत्रकार आचारसंहिता र काेभिड १९ ले मिडियामा पारेको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
“अर्घाखाँचीमा फेसबुके गैर पत्रकारको जमघट रहेको समुह पत्रकार महासंघ जिल्ला समितीले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेबिन्द आचार्य , प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झबिन्द्र भुसालको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।”
“कोभिड -१९ को रोकथाम र नियन्त्रणको लागि अर्घाखाँचीडट्कमले के गर्दैछ स्थानीय सरकार कार्यक्रम मार्फत जिल्लाका सवै वार्ड कार्यालय र पालिकामा समेत पुगेर कोभिड-१९ को रोकथाम र नियन्त्रणको लागि स्थानीय सरकारको भुमिकाको बारेमा पनि जानकारी लिई आम जनसमुदायलाई अझै सचेत बनाउन जन प्रतिनिधि मार्फत भिडियो सचेतना पनि सम्प्रेषण गरेको थियो ।” “तथापि पुर्वाग्रही भएर अर्घाखाँचीडट्कमलाई सुचना सम्प्रेषण नगर्नु खेदजनक र जिल्लामा स्वतन्त्र पत्रकार नभई राजनीतिक दलको कार्यकर्ताको भेला भएको आभाष पनि भएको छ।”
जिल्लाको एक मात्र मिडिया अर्घाखाँचीडट्कमले चैत्र महिनादेखि काेभिड १९ लाईभ उप्डेट गर्दै दैनिक विवरण प्रकासित गर्दै आएको छ ।
“पत्रकार महासंघ जिल्ला समिती समुहमा २,३ जना राष्ट्रिय मिडियामा काम गर्ने पत्रकार बाहेक सबै फेसबुके पत्रकार हुन् ।” फेसबुके पत्रकार सम्मेलित पत्रकार महासंघ जिल्ला समिती समुहको गुटले डट्कमलाई जानकारी नगराउने योजना अनुसार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
“पत्रकार महासंघ जिल्ला समिती अर्घाखाँची गुटले बन्द होटेलको कोठामा आयोजना गरेको उक्त भेलाको समाचार प्रकासित गर्न केही पत्रकारले बारम्बार अनुरोध गरे पनि डट्कमले उक्त भेला राजनीतिक दलको कार्यकर्ताको भेला भएको आभाष गर्दै समाचार प्रकासित नगरेको हो ।”
पत्रकार महासंघ जिल्ला समिती गुट अर्घाखाँचीडट्कम विरुद्ध लामो समयदेखि लागिपरेको छ ।
“अहिले विज्ञान प्रविधिको युग हो। समाचार सम्प्रेषण पनि अनलाइन विधिवाट भईरहेको छ।जसको माध्यम ईमेल /ईन्टरनेट ,फोन तथा मोबाइल नै हो तर पत्रकार महासंघ जिल्ला समितिले गुटबन्दी गरि यी सुचना सम्प्रेषणको प्रयोग गुटमा मात्र प्रयोग गरि स्वतन्त्र पत्रकारितालाई अपमान गरेको छ।”