अड्गुरीको श्री बिध्याबिनोद माविका विधार्थीहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धी प्रहरीको प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता 
अड्गुरी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७  अड्गुरीको श्री बिध्याबिनोद माध्यामिक बिद्यालयका विधार्थीहरुलाई दुर्घटना न्युनिकरण सचेतना सम्बन्धी  प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अन्तर्गत आज  अड्गुरी स्थित श्री बिध्याबिनोद माध्यामिक बिद्यालयमा अध्यनरत ४० जना छात्र छात्रा हरुलाई अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट खटिएको ट्राफिक टोलिले स्कुलको प्राङगणमा जम्मा गरी सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु बिध्यालय आउदा जाँदा सडकमा अपनाउनु पर्ने शाब्धानि सम्बन्धि प्रशिक्षण दिईएको , जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं. ४ धारा स्थित  अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक सह-चालक १  पटकमा ३०  जना र सर्बसाधरण १ पटकमा २५ जना  लाई सडकमै जम्मा गरी  सवारी दुर्घटना न्युनिकरण, हिउदको समयमा कुहिरो,हुस्सु ,सितलहरको कारणले हुने दुर्घटना सम्बन्धि  जानकारी ओभर स्पिड,ओभर लोड,सवारी साधनको यान्त्रिक अबस्थाको कारण हुने सवारी दुर्घटना सम्बन्धि जानकारी ,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस  सम्बन्धि र अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक स्वलोगन लेखिएका स्टिकर समेत टाँस गरी र पर्चा पम्लेट समेत बितरण गरीएको थियो । 

अन्य समाचारहरु