भूमिकास्थानका मेयर रेशम थापाले सन्धिखर्कको लदाम बगैचाको मुख्य गेट निर्माण बनाईदिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको लदाम बगैचा आधुनिकीकरणका लागि भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले मुख्य गेट निर्माण गरिदिने भएका छन् । 
लदाम बगैचा आधुनिकीकरणका लागि भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले आफ्नै खर्चबाट मुख्य गेट निर्माण गरिदिने भएका हुन् ।
मंगलवार लदाम बगैंचाको मुख्य गेट निर्माण गरिदिने नगरप्रमुख थापालाई  सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले धन्यवाद दिदै अब छिटै लदाम बगैंचाको मुहार फेरिने बताउनु भयो  । बगैंचाको अनुगमन गर्न नगरप्रमुख कमल प्रसाद भुसाल, भुमिका स्थानका नगरप्रमुख रेसम थापा, सन्धिखर्क वार्ड नम्बर १ का नगरसभा सदस्य  लक्ष्मण पराजुली प्राबिधिकहरु स्थानिय समाजसेवीहरुको सहभागीता रहेको थियोे । 
शान्ती बगैचा र लदाम बगैचा आधुनिकीकरण अभियन्ता तथा तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको पहलमा लदाम बगैचा आधुनिकीकरण गरिएको थियो । जसको २०७४ बैशाख १६ सिलन्यास गरिएको थियो । 

अन्य समाचारहरु