बल्कोटमा वार्ड कार्यालयवाट नै योजनाको सम्झौता

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वार्ड नम्बर  २ बल्कोटमा वार्ड कार्यालयवाट नै योजनाको सम्झौता  गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा आफ्नो वार्षिक कार्यतालिकाको लक्षअनुसार विनियोजित १३ वटा योजनाहरूको कार्य सम्झौता सम्पन्न गरेको छ ।
छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल, वडा अध्यक्ष राजेश कुमार पन्थी, कार्यपालिका सदस्य कमला अधिकारी, गाउँसभा सदस्य तोमलाल रिजाल, गाउँसभा सदस्य सुन्दरा परियार, प्रशासन शाखा प्रमुख डिल्लीराज अर्याल, इन्जिनियर साजन पाण्डे, कम्प्युटर अधिकृत शिववहादुर सुनार, सूचना प्रविधि अधिकृत सुनिल पन्थी लगाएतको उपस्थितिमा योजनाहरू वडा कार्यालयमा नै सम्झौता गरिएको हो ।
नेपाल बंगलादेश वैंकले वडा कार्यालयमा गई उपभोक्ता समितिको खाता समेत खोलिदिएको छ । सम्पूर्ण उपभोक्ता समितिहरूलाई मध्यनजर गरी योजनाको वडा कार्यालयवाट नै सम्झौता गरिएको कुरा छत्रदेव गाउँपालिकाका वडा न‌ २ का सचिव विशाल ओलीले बताउनुभयो ।
कार्यालयवाट नै सम्झौता गर्दा आर्थिक, प्राविधिक र यातायातको समस्याको समेत हल भएको र आगामी दिनहरूमा पनि वडा समिति उपभोक्ता समितिलाई कसरि योजनाप्रति जिम्मेवारी र जवाफदेही बनाउने भन्ने कुरामा हरदम लागी पर्ने वडा अध्यक्ष राजेश कुमार पन्थीले बताउनुभयो।  वडा कार्यालयवाट योजना सम्झौता भएकोमा उपभोक्ता समितिहरू पनी खुसी भएको  वताउनुभयो ।

अन्य समाचारहरु