उत्तम अधिकारी
( काठमाडौं ) । चप्पलमा छैन तुना, छैन जिउमा भोटो दौरा दु:खी गरीब किसान मजदुर सबले भेटे समान लौरा ।
आफ्नै दाइको शीर गिँडी छिमेकीको अंग छिंन्याैं जसोजसो सुप्रीम भन्थे लासमाथी लास गिन्याैं । मकै भटमास चबाएर लडेका ती युद्ध सम्झि बोराभित्र गुम्सिएका नोटहरुले सरापे कि !
नारा थिए समानताका, मन्दिरका मूर्ति सबका सर्वहारा जाति एउटै, एउटै भुगोल-राज्य सबका । जातभात सर्व समान, गरिब धनी सबै एक भान्सा सबका एकै समान, मानिस मान्याैं हामीले एक ।
यदाकदा झुल्किनेलाइ, हिरो मान्दा सखाप पार्यो २-४ बात मिठो बोल्ने निर्मोहिले जालमा पार्यो ।
उफ्री उफ्री भासण ठोक्ने, घोप्टि घोप्टि शीर झुकाउने घरि घरि मोहनिले झ्यापझुप पार्दै गालमा पार्यो ।
२-४ बात मिठो बोल्ने निर्मोहिले जालमा पार्यो । गोलि छररा आङैभरि, लडिरहेका आङनभरि कोहि चढ्ने हेलिकप्टर, कोही आज दरबारभरी ।
छोरो हलि छोरि खाडी कसैका त बिजोग देख्दा सुप्रीमो ती रुन्छन हेर एउटा जाबो काँडा बिझ्दा । एक फिटको मोटो कार्पेट, लचकदार सोफा कस्ता सुनका फ्रेम कोठाभरि, बुद्ध मुर्ति छैनन् सस्ता ।
आलिसान बङलोमा, कम्फर्टेबल गाडी कति आसुका ती भेलले कठै, फाट्ने हो कि कतै धर्ती ! ब्रेकफास्ट कालिज, लन्चमा मार्सी, कक्टेल आशु पिउने होला भक्लक भक्लक ढलेकालाई, बिर्सि कसरी जिउने होला ।
समानताका नारा बेच्ने मर्सिडिजमा घुम्छन आज आलो रगत मिसिएको, स्याम्पेन कसरी पिउने होला ।। ?
( उत्तम अधिकारी रिटर्नी माईग्रेन्ट नेपाल का अध्यक्ष हुन । )