मैदानका गाँउ घरमै बैंक पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि सेवाग्राही खुशी

डिआरजी सुमन
मैदान, व्युरो रिपोर्ट,अर्घाखाँची डटकम् । पाणिनी गाँउपालिका वडा नं ५मैदानका गाँउ घरमै वैंक पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि सेवाग्राहीसन्तुष्ट भएका छन ।

पाणिनी गाँउ पालिकाको सामाजिक विकास साखालेसामाजिक सुरक्षा भत्ता वितरण लाई प्रभावकारी तवरले सेवा प्रवाह सुरु गरेकोछ ।
पाणिनी गाँउ पालिकाले केही दिन अघि पाणिनी गाँउ पालिकाको वडा नं ६ मागाँउ पालिका अध्यक्ष अच्युत गौतम,सामाजिक विकास साखा प्रमुख कमलकान्तखनाल , ग्लोबल आईएमई वैंक पोखराथोक साखा प्रमुख लील वहादुर सारुसहितको टोली पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।
यसै क्रममा वुधवार पाणिनी गाँउ पालिका वडा नं ५ मैदानमा वडा सचिव रविंद्रन्यौपाने,वडा सदस्य पार्वता सुनार,ग्लोबल आईएमई वैक पोखराथोक प्रमुखलील वहादुर सारु सहितको टोली पुगेर मैदानदेखी वैक सम्म पुग्न नसक्ने जेष्ठनागरिक र अपांगलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यसरीसामाजिक सुरक्षा भत्ता पाउनेमा दुई जना पुर्ण अपांग र १२ जना जेष्ठ नागरिकरहेको वडा सचिव रविंद्र न्यौपानेले वताउनु भएको छ ।
तस्वीर-डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु