अशोक खनाल अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रशासन कार्यलय अर्घाखाँची को आयोजनामा जिल्ला बिपद ब्याबस्थापन समिति को बैठक सम्पन्न भएको छ।
सर्बपक्षिय बैठक ले बर्षाद को कारण सितगङा नगरपालिका मा पहिरो मा परेका पुर्ण क्षतिग्रस्त परिवार हरुलाइ आवास निर्माण तथा स्थानत्रण गर्ने जोखिम युक्तघरपरिवार लाई उपयुक्त स्थानमा सार्ने ,हिउँदको बेलामा अत्याधिक चिसोको कारण समस्या मा परेका घरपरिवार लाई पहिचान गरि सामान्य लत्ताकपडा को ब्यास्थापन गर्ने , नरपानी लगाएको क्षेत्रमा तुसारोका कारण सडक मा हुने दुर्घटना न्यूनीकरण का लागि होर्डिङ बोर्ड तथा सिसि क्यामरा को ब्याबस्था मिलाउने , प्रत्येक स्थानीयतह हरुलाइ बिपद ब्यबस्थापन तथा मर्मत सम्भार कोष स्थापना गर्न लागाउने , बर्षात को कारण सन्धिखर्क नगरपालिका को बजार क्षेत्र को बाँगी खोलामा जम्मा भएको ग्राबेल निकाल्न स्वीकृत दिने , मानव निर्मित बिकाश का कारण हुने क्षती को सम्बन्धित बिकाश निर्माण आयोजना सन्चालन गर्ने निकायले पुनर्स्थापना तथा ब्याबस्थापन गर्ने तथा हरेक प्रकारका बिपत्ति हरुको क्षतिपुर्ति को लागी संधिय सरकार र प्रदेश सरकार सग सिफारिस पठाउने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को अध्यक्षता मा सम्पन्न बैठक मा प्रदेश सभा सदस्य , स्थानीय निकायका प्रमुख जिल्ला समन्वय समिति का उपप्रमुख राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि हरु विभिन्न कार्यलय का प्रमुख हरु विभिन्न संघ सस्था का प्रतिनिधि तथा संन्चारकर्मी हरुको उपस्थिति रहेको थियो ।