अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा वार्डलाई स्वच्छ, सफा र हराभरा बनाउने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले गरेको वार्ड स्तरिय टोल बिकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुसँग वार्डलाई स्वच्छ, सफा र हराभरा बनाउने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई एक समारोहबीच नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको थियोे ।
वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता नगरसभा सदस्य लक्ष्मण पराजुलीको सन्चालन वार्ड सचिब पुस्पा भुसालको स्वागत मन्तब्यमा भएको कार्यक्रममा टोल बिकास संस्थाले गर्नु पर्ने काम कर्तव्य अधिकार नगरपालिकाले गर्ने सहयोग फोहोर ब्यबस्थापनका बारेमा प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटाले आबश्यक शुझाब सहित भनाई राख्नु भएको थियोे ।
कार्यक्रममा नगरसभा सदस्य बल बहादुर भाट बिसी, आशा परियार सुमित्रा मुखिया समेतको उपस्थिति रहेको थियोे ।