सिद्धाराको लुङग्रीमा प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुहको १२औ वार्षिक साधारण सभा सम्पन्न

एम.पि. बेल्बासे
सिद्धारा, अर्घाखाँची । प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुह शितगंगा नगरपालिका-११ सिद्धाराको लुङग्रीले आफ्नो १२औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव बहादुर घर्तिको अध्यक्षतामा भएको सभाको उदघाटन वडा नं. ११ का वडा सदस्य गणेश पुलामीले गर्नुभयो ।
साधारण सभामा अध्यक्ष केशव घर्तिले वार्षिक प्रगति विवरण सहित आथिर्क वर्ष २०७६/०७७ को १ करोड ३६ लाख ३६ हजार ३ सय ३६ रुपैयाँ बराबरको आय व्यय र चालु वर्ष २०७७/७८ को १ करोड ८० लाख ६९ हजार ९ सय ३७ रुपैंयाको प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथी गणेश पुलामी, वडा सदस्य ईन्द्र बहादुर पल्ली, छुमकला पल्ली, बुद्ध आधारभूत विद्यालयका प्रअ पोमनारायण बेल्बासे, शिक्षक दिपक नेपाली, सिद्धारा सहकारीको कोषाध्यक्ष खगीसरा पल्ली लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शितगंगा सब डिभिजन वन कार्यालयका फरेस्टर चेत बहादुर खत्रीका साथै विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजीवी लगाएतका उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
साथै सोही भेलाले पुरानो कार्य समितिलाई पुन अर्को कार्यकालको लागि सर्वसम्मत रुपमा स्वीकार गरी गठन गरेको छ । जसको नेतृत्व केशव बहादुर घर्तीले गर्दै आउनु भएको थियो । दिपक पुलामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन धुर्वराज पन्थीले गर्नु भएको थियो ।

अन्य समाचारहरु