सचिन बोहोरा
ठाडा, अर्घाखाँचीडट्कम । अर्घाखाँची जिल्लाको ठाडाको अमराईमा राष्ट्रिय जनमोर्चा शितगंगा नगर कमिटीले सरकारले गरेको संसद विघटनको विरुद्ध बिरोधसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख वक्ता अर्घाखाँची जिल्ला उपाध्यक्ष तथा शितगङ्गा नगर इन्चार्ज गोपाल पौडेलले प्रधानमन्त्री केपि ओलीले गरेको असंवैैधानिक कदमको सर्बोच्च अदालतले निकास दिनुपर्ने बताउनुभएको छ।
उहाँले अब संसद पूर्नस्थापनाको विकल्प नभएको बताउनु भयो ।
यस्तै शितगंगा नगर अध्यक्ष गाेबिन्द थापाले कार्यक्रममा संबाेधन गर्दै उहाँले संसद विगटनको बिरुद्धमा सर्बोच्चले आदेश दिनुपर्ने भन्दै उहाँले मुलुकलाइ दुर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताउनु भयो । अब सबै प्रजातन्त्रबादी शक्तिहरु एक हुनुपर्नेमा जाेड दिनु भयाे गतल कामको बिरोधमा सबै नागरिक समाज तथा सरोकारवाला सबैले पनि भुमिका खेल्नूपर्ने बताउनु भयाे ।
बिराेध सभामानगर सचिव बिस्णु प्रसाद आचार्य, जिल्ला समिती सदस्य जोग बहादुर सारु लगायतले सरकार ले गरेको संसद विघटन अलोकतान्त्रिक , असम्बैधानि रहेकाे भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।