काठमाडौँ- सरकारले पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै राष्ट्रिय सभा बोलाउन निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्रीमा हृदयेश त्रिपाठी, शिक्षामन्त्रीमा कृष्णगोपाल श्रेष्ठ, सहरी विकासमन्त्रालयको जिम्मेवारीमा भने प्रभु साह र पद्मा अर्यालको जिम्मेवारी फेरेर उनलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। देशसन्चारमा समाचार छ ।