टोपबहादुर रायमाझीले दौरा सुरुवाल ढाका टोपी लगाएर ऊर्जामन्त्रीमा सपथ लिए (रायमाझीको बारेमा)

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं / अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली खेमाका नेता टोपबहादुर रायमाझीले ऊर्जामन्त्रीमा सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्दै रायमाझीलाई ऊर्जामन्त्रीमा सपथ गराएका हुन् । 
रायमाझी दोस्रो पटक ऊर्जामन्त्री भएका छन्। यसआघि गत २०७२ कार्त्तिक १ गते आइतवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित ऊर्जामन्त्री भएका थिए । रायमाझी नेकपा विभाजनपछि ओली पक्षमा लागेका छन् ।
रायमाझीले ऊर्जामन्त्रीमा सपथ लिदा दौरा सुरुवाल र ढाका टोपीको लगाएका थिए ।      
टोपबहादुर रायमाझीको बारेमा
 
संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची क्षेत्र नं. १ बाट  एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को तर्फबाट सभासद् चुनिएका टोपबहादुर रायमाझी  माओवादी सचिव हुन। ऊर्जामन्त्रीको सपथ लिएका टोपबहादुर रायमाझी यसअघि गत २०७२ कार्त्तिक १ गते आइतवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित ऊर्जामन्त्री भएका थिए । यस्तै झलनाथ खनाल नेतृत्वको सरकार (२०६७ माघ) मा  भौतिक योजना तथा निर्माण मन्त्री थिए। यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको सरकार (२०६८ भदौ १२) मा रायमाझी स्थानीय विकास मन्त्री थिए। २०६९ मा सरकार पुनर्गठन भएपछि रायमाझीलाई शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी दिइएको थियो। 
 
दुई वर्ष जेल र पाँच वर्ष निर्वासनमा कटाएका रायमाझी २०३० सालदेखि राजनीतिमा लागेका हुन् । रायमाझी ०४६ मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत भएका थिए ।  ०४७ मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उनी पनि आएका थिए। उनी ०५४ माओवादीको पोलिटब्युरो सदस्य भएका थिए । उनी प्रवासमा दुई चोटि इन्चार्ज भए भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज भएका थिए ।
 
विरोधीका आँखामा पनि नबिझाउने मृदु भाषी र राजनीतिमै जीवनका याम गुजारेकाले आफूलाई जिताएको बताउने रायमाझीका राज्यको पुनर्संरचनाको बारेमा माओवादीले अघि सारेका एजेण्डा नै आफूले संविधानमा सुनिश्चित गर्ने एजेण्डा हुन्। बीएस्सीसम्मको औपचारिक शिक्षा लिनुभएका अनिल तेकान्डोका ब्ल्याक बेल्ट पनि हुन। उनी २०४५ सालदेखि २०६३ सालसम्म भूमिगत थिए।
 
अर्घाखाँचीको अर्घा-२ खाँडामा ०१८ सालमा जन्मिएका रायमाझी २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी भएका थिए । उनका परिवारका सदस्य पनि माओवादीका पूर्णकालीन हुन। उनले भारत, चीन, जापान, कोरिया, थाइल्याण्ड, अमेरिका र लाइबेरीयाको भ्रमण गरेका छन्। उनकी पत्नी योगमाया रायमाझी पनि एमाओवादीको राजनीतिमा संलग्न छिन् ।
सम्बन्धित समाचार: